वालिङमा २ करोडको कृषिसम्बन्धी मोडेल प्रोजेक्ट सञ्चालनमा

 साउन १८, २०७६ शनिबार ११:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको मध्यमागमा रहेको वालिङमा कृषि सम्बन्धी मोडल प्रोजेक्टको थालनी भएको छ । 

यूएनडीपीको १ करोड र वालिङ नगरपालिकाको १ करोड गरी २ करोड लगानी रहने गरी मोडल प्रोजेक्टले दिर्घकालीन फाइदा दिने अपेक्षा लिइएको छ । प्रारम्भमा नगरपालिकाको १ करोड भए पनि यसको स्वामित्व र अन्य लगानीसमेत नगरपालिकाले गर्नेछ ।

योजनाका बारेमा जानकारी गराउन गएको बुधबार समन्वयात्मक बैठक तथा पत्रकार सम्मेलन गरिएको थियो । दियालो गैह्र सरकारी संस्थाले यूएनडीपी र वालिङ नगरपालिकाको सहयोगमा योजना सम्पन्न गर्नेछ । योजना अन्तर्गत सीप, तालिम र कृषि उद्यम विकासद्वारा आर्थिक सशक्तिकरणमा जोड दिइनेछ ।

१४ वटै वडाका वडा अध्यक्ष, बोर्ड सदस्यहरुसहितको समन्वयात्मक बैठकमा नगरप्रमुख दिलिपप्रताप खाँणले १४ वटै वडामा २ सय सहकारीमार्फत किसान समक्ष पुगिने जानकारी दिनुभयो । प्रमुख खाँणले भन्नुभयो, ‘यूनडीपीको एसडीजी—२०३० कार्यक्रम अन्र्तगत योजना दिगो विकास लक्ष्य प्राप्तिका लागि हो ।’ 

यूएनडीपीका गण्डकी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले सन २०३० सम्म १७ लक्ष्यहरु र १ सय ६९ वटा उद्देश्य पूरा गर्ने सम्झौता गरेको र यही अनुसार अहिले स्थानीय सरकारसँगै सहकार्य गरी योजना सम्पन्न गरिने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया