जापानी भाषाका टुर गाइडकाे नेपाल भ्रमण वर्ष लक्षित तयारी

 साउन १८, २०७६ शनिबार १८:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जापानी भाषा टुर गाइड सोसाइटीको तेस्रो साधारण सभा ९ सदस्यीय कार्यसमितिको चयन गरी सम्पन्न भएकाे छ ।

साधारण सभाका क्रममा ५० जनाभन्दा बढी जापानी भाषा बोल्ने पथप्रदर्शकहरूको सहभागितामा अन्तर्क्रिया पनि गरिएकाे थियो । अन्तर्क्रिया कार्यक्रममा विशेष गरी भिजिट नेपाल २०२०, जापानी पर्यटकहरूका लागि दिनुपर्ने सुविधाहरू, पारिश्रमिक तथा दक्षता वृद्धिका बारेमा छलफल गरिएका थिए ।

कार्यक्रममा प्रकाश राजभण्डारीले सोसाइटीको वेब साइटको परिचय तथा महत्वका बारेमा तथा नीना सिंहले दक्षता वृद्धिको लागि तालिमको आवश्यकताको बारेमा जानकारी दिनुभएकाे थियाे ।

त्यस्तै सहयोग रञ्जित, माधव श्रेष्ठ, प्रकाश मानन्धर, सुवास रिजाल, रघुपति श्रेष्ठ तथा नवीन डंगोललगायत सदस्यहरूले जापानी भाषा पथप्रदर्शकहरूका समस्या तथा अगामी दिनहरूमा सोसाइटीले गर्नुपर्ने कार्यहरूको सुझाव दिनुभएकाे थियाे । 

जापानी भाषा टुर गाइड सोसाइटीको तेस्रो साधारणसभा अध्यक्ष उपेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेश कपालीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विजयलाल सिंहले गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया