पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध
चैत १६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडबीच शेयर सूचीकरण सम्झौता भएको छ ।
यो सम्झौतासँगै रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबारदेखि नै दोस्राे बजारमा शेयर कारोबार गर्ने बाटो खुलेको छ । दुवै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोस्राे बजारमा शेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो ।
शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाइड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
शेयर निष्कासन तथा बाँडफाँड भएको झण्डै साढे ३ महिनापछि मात्रै यी दुई कम्पनीको शेयर पूँजी बजारमा सूचीकृत भएको हो । रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलव ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाइड्रोपावर कम्पनीबीच प्रति शेयर अधिक तथा चुक्ता मूल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ ।
रसुवागढीको सूचीकृत शेयरमध्ये सर्वसाधारणतर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरी १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ । यो कम्पनीले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी सान्जेनको सर्वसाधरणतर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार , संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय , सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ ।
दुई कम्पनीको शेयर कारोबार सुरु भएसँगै दोस्राे बजारमा तरलता उत्पन्न भइ लगानीकर्ताको मनोबल बढ्ने नेप्सेले अपेक्षा गरेको छ । नेप्सेका अनुसार सान्जेनको शेयर कारोबार ९६ दशमलव ३१ देखि २ सय ८८ दशमलव ९६ रुपैयाँ र रसुवागढीको ९७ दशमलव २९ देखि २ सय ९१ दशमलव ८७ रुपैयाँको सीमाभित्र हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।