काठमाण्डौको तीनकुने क्षेत्रमा गृहमन्त्री लेखकको अनुगमन : समाजव...
चैत १६, २०८१ शनिबार
धनगढी – धनगढी उप–महानगरपालिका –४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको सोमबार औपचारिक रुपमा उद्वघाटन गरिएको छ ।
धनगढीका व्यवसायी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैँकको सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
कपडा बैंकमा एक साता अगाडीदेखि नै संकलनको कार्य जारी भए पनि सोमबार उद्घाटन गरिएपछि वितरण पनि सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लिराज पन्त र धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्त रुपमा कपडा बैंकको उद्घाटन गर्नुभयो ।
कपडा बैंकको उद्वघाटनपछि प्रदेशसभा सदस्य पन्तले धार्मिक क्षेत्रमा निशुल्क कपडा बैँक सञ्चालन गरेर हमाल दाजु/भाइले पुण्यको काम गरेको बतउनुभयो । धर्म र आस्था जोडिएको क्षेत्रमा प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज हुने उहाको विश्वास छ ।
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले यस क्षेत्रको आवश्यकता अनुसार नै खोलिएको कपडा बैंकले प्रत्येक्ष लाभ पुग्ने बताउनुभयो । ‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुगाउने विश्वास लिएको छु,’ उहाले भन्नुभयो, ‘सम्पूर्ण धनगढी उप–महानगरवासीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न आग्रह गर्दछु।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै निर्माण तथा सञ्चालन कर्ता मध्येका एक श्याम हमालले धार्मिकसंगै सामाजिक कार्य समेत गर्ने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताउनुभयो । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन्, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भन्नुभयो, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं।’
कपडा बैंकका सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिन सक्ने बताउनुभयो । उहाले भन्नुभयो ‘जो कोहीले पनि बैंकबाट आवश्कयता अनुसारको कपडा लैजान सक्छन्।’ उहाले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, सिरक, डस्ना, तन्ना, जुत्ताचप्पल, भाँडालगायतका मानव जीवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बतयउनुभयो ।
बैंक सञ्चालन भएपछि बाढी, पहिरो, आगलागीबाट प्रभावित भएकाका लागि पनि सहयोग हुने विश्वास लिइएको छ । कपडा बैंक गर्मी मौसममा बिहान ८ देखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला रहने छ भने जाडो मौसममा बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म खुल्ला रहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।