पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध
चैत १६, २०८१ शनिबार
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ ।
नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाण्डौको हकमा) एक हजार ३७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।
हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । जसको कारणले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।
मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।