वेष्ट इन्डिजविरुद्धको तीन टी–२० क्रिकेट सिरीज भारतद्वारा क्लिन स्विप

 साउन २२, २०७६ बुधबार ७:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इन्डिज विरुद्धको तीन टी–२० क्रिकेट खेलको सिरीज भारतले क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारत सात विकेटले विजयी भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । खराब सुरुवात गरेको वेष्ट इन्डिजले चार रनमा नै पहिलो विकेट गुमायो । उसका ओपनर सुनील नारायन मात्र दुई रनमा पेभेलियन फर्किए ।

त्यसपछि १४ रनमा अरु दुई विकेट गुमाएको वेष्ट इन्डिजले ८० रनमा चार विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

वेष्ट इन्डिजका लागि कायरन पोलार्डले ५८ तथा निकोलस पुरनले १७, कार्लोस ब्रेथवेट र इल्भिस लुइसले समान दश दश रनको योगदान गरे । उसका रोभमन पवलले अविजित ३२ रनको योगदान गरे । बलिङ भारतका दिपक चाहरले तीन नवदीप साइनीले दुई विकेट लिए ।

जवाफमा भारतले १९ ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको भारतले २७ रनमा दुई विकेट गुमाएको थियो । तर कप्तान विराट कोहली र रिशव पन्तले टिमको पारीलाई उकासेका थिए ।

जसमा कोहलीले ५९ रन बनाए भने पन्तले ६५ रनको योगदान गरे । यस्तै लोकेश राहुलले २० रन बनाए । याे खेलमा रोहित शर्मालाई आराम दिइएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया