डिबाला भित्र्याउन टोटनह्याम तयार, तलबमा कुरा अल्झियो

 साउन २२, २०७६ बुधबार ७:४८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

युभेन्टसका स्टार खेलाडी पउल डिबालालाई अनुबन्धका लागि इंग्लिस क्लब टोटनह्याम सहमति नजिक पुगेको छ । तर आर्थिक हिसाबकिताब भने मिल्न बाँकी रहेको छ ।

अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डिबालालाई अनुबन्ध गर्न असफल भएपछि टोटनह्यामले उनलाई भित्र्याउने इच्छा गरेको हो । जसमा अर्जेन्टिनी प्रशिक्षक माउरीसिया पोचीटिनोले ठूलो भूमिका खेल्न सफल भए । तर क्लबहरु सहमत भए पनि ड‍िबाला र उनको एजेन्टको हातमा यसको निर्णय रहेको छ ।

डिबालालाई अनुबन्ध गर्न टोटनह्यामले ६९ मिलियन पाउण्ड तिर्न तयार रहेको छ । तर उनले भने साताको तीन लाख पाउण्ड तलब माग गरेका छन् । जुन अहिलेको सर्वाधिक कमाइ गर्ने खेलाडी हेरी केनको भन्दा बढी हो । केनले अहिले टोटनह्याममा साताको २ लाख ५० हजार पाउण्ड तलब पाइरहेका छन् ।

डिबाला बिक्री भएमा युभेन्टसलाई म्यानेचस्टर युनाइटेडका रोमेलु लुकाकुलाई खरिद गर्न पर्याप्त रकम हुनेछ । सुरुवातमा युनाइटेडले डिबाला र लुकाकुलाई साट्ने प्रस्ताव गरेको थियो । जुन सफल भएको थिएन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया