मौसम : देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

 साउन २२, २०७६ बुधबार ८:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरेको तथा बंगालको खाडी नजिकै बनेको न्यूनचापीय क्षेत्रको असरले बुधबार देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । 

मनसुनी न्यूनचापीय रेखा साविकको स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मनसुनी गतिविधि बढेको हो । अहिले मध्य र पूर्वका केही भूभागमा यसैको प्रभाव देखिएको महाशाखाका मौसमविदको भनाइ छ । 

मनसुनी न्यून चापीय रेखाको साविकको स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ । यो रेखा अहिले साविकको स्थानबाट नेपालतर्फ सरेको छ । 

बुधबार दिउँसो देशका पूर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य र पूर्वी नेपालका केही भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, बुधबार राति देशभर सामान्यतया बदली रहने पश्चिमका केही भूभागका मेघगर्जनसहित वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया