यस्ता छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ चढ्ने विमान !

 असोज १७, २०७६ शुक्रबार १३:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो हप्ता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीको निमन्त्रणमा ९ दिने राजकीय भ्रमणका लागि गएको वैशाख ११ चीन जानुभएको थियो । 

त्यही अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको थियो । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तयारी स्वरुप गएको असोज १५ गते चिनियाँ विशेष विमान नेपाल आएर फर्किएको थियो । 

त्यो जहाजमा पाइलटबाहेक अरु कोही पनि थिएनन्, त्यो जहाज त्रिभुवन विमानस्थलको रन वे, पार्किङ र भीभीआईपीको सुरक्षा अवस्थाको बारेमा बुझ्न आएको थियो । विशेष जहाज काठमाण्डौ आएर डेढ घण्टापछि फर्किएको थियो । 

विशेषगरी विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरु विदेश भ्रमणमा जाँदा उच्च सुविधायुक्त विमानको प्रयोग गर्दछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रयोग गर्ने विमान कस्तो छ त ? 

राष्ट्रपति सीका समकक्षीहरुको विभिन्न वैकल्पिक विमान भए पनि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङसँग भने आफ्नो छुट्टै निजी विमान छैन ।

जन गणतान्त्रिक चीनका नेता सीले आफ्नो सरकारी भ्रमण र व्यापार यात्राका लागि एअर चाइनाको बोइङ ७४७–४०० दुइटा विमान प्रयोग गर्दै आइरहनुभएको छ । निर्माणको समयमा एउटा विमानको मूल्य २५० मिलियन डलर थियो । 

यी दुइटै विमान एअर चाइनाले नियमित यात्रु उडानको लागि प्रयोग गर्दै आइरहेको छ । यद्यपि राष्ट्रपति सीले आफ्नो आगामी विदेश यात्राको योजना बनाएपछि ती विमानहरुको सतकर्तापूर्वक जाँच गरिन्छ, जसको लागि कैँयौ हप्ता लाग्न सक्छ । 

ती विमान जाँचपछि मर्मतका लागि लगिन्छ र त्यो क्रममा केही विशेष सिट खाली गरेर एक विशाल बैठक कक्ष, एक शयन कक्ष र कार्यालयमा बदलिन्छ । विमानको मर्मत चलिरहँदा केही विशेष गतिविधिको बारेमा पनि थाहा दिइँदैन । 

राष्ट्रपति सी जिनपिङ विदेश भ्रमणबाट स्वदेश फर्किसकेपछि ती विमान एअर चाइनालाई दिइन्छ र फेरि नियमित यात्रु उडानका लागि प्रयोग गरिन्छ । 

सी जिनपिङ चढ्ने विमानको आन्तरिक बनावट

राष्ट्रपति सीले विमान (बोइङ ७४७–४००) परिवर्तन गर्ने क्रममा खिचिएका केही सीमित फोटोबाट विमानको आन्तरिक बनावटका बारेमा थाहा पाउन सकिन्छ, विशेषगरी कजाकस्तानका राष्ट्रपति नूरसुल्तान नजरबायेवसँग राष्ट्रपति सीबीचको वार्ताका क्रममा । 

केही स्रोतका रिपोर्टको अनुसार राष्ट्रपति सीको विमानको आन्तरिक बनावट भव्य र सानदार छ । 

जन गणतान्त्रिक चीनका राष्ट्रपतिले किन आफ्नो स्थायी विमान लिएनन् त ? यो प्रश्न सी जिनपिङका पूर्व अधिकारी जियाङ जेमिनले उठाइसकेका छन् । नयाँ खरिद गरिएका विमानहरु, जुन रुसी र अमेरिकी राष्ट्र प्रमुख विमान अनुरुप छन्, ती विमानहरु मर्मतका लागि अमेरिकाको सान एन्टोनियो एअरपोर्ट पठाइन्छन् । यद्यपि चिनियाँ नेताहरुले मर्मत भैसकेको विमान कहिल्यै प्रयोग गरेनन् । 

अमेरिकन प्रेसका अनुसार हवाइजहाज आगमनको समयमा पीआरसीका राष्ट्रयि सुरक्षा प्रणालीका सदस्यहरुले क्याबिनमा कैँयौ सुन्ने उपकरणहरु फेला पारे । चीनको विदेशी मन्त्रालयको प्रेस सेवाले केही महिनापछि टिप्पणी गर्दै ‘जासुसी उद्देश्यको आवश्यकता चाहिएको छैन’ भनेको थियो । 

चिनियाँ राष्ट्रपति चढेर आउने जेट विमानलाई धकेल्ने उपकरण नहुँदा उत्तरतर्फ फर्काएर राख्ने योजना रहेको अधिकारीहरुले जनाएका छन् ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया