चीनसँगका १४ वटा नाका पुनः सञ्चालन गर्न ७ वर्षअघि नै हस्ताक्षर ...
चैत ७, २०८१ बिहिबार
काठमाण्डौ – १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् ।
गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासङ्घ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।
एरिका गुरुङले स्वर्ण जितेको १०औं सितेरियो इन्टरनेशनल च्याम्पियनशिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एशियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।
त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनशिपमा सहभागिता जनाए भने भूटानमा जुलाईमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए ।
उनले आफ्नो क्षमता अनुसारको प्लेटफर्म दिनुपर्नेमा सङ्घले उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।