सिरहामा महायज्ञका नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

 चैत ७, २०८१ बिहीबार १२:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेकी सांसद सम्झना थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सांसदहरू रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विकलगायतले संसद् बैठकमा बोल्दै घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत हेग जानुपर्ने अवस्थासमेत आएको बताएका छन् । सांसदहरूले एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू हुँदा सरकार र गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेको आरोप पनि लगाएका छन् ।

आउँदो १७ गतेदेखि शुरू गर्न लागिएको महायज्ञका लागि स्थानीय दीपक डोमको घर भत्काइएको हो । महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको आरोप छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव भने दलित भएका कारण नभई त्यो सार्वजनिक जग्गासमेत रहेको र धारा र बिजुलीको व्यवस्थाका लागि दीपक डोमको सहमतिमै घर भत्काएर अन्यत्र सारेको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया