भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण
चैत ९, २०८१ शनिबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित भएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा यसअघि भोलिका लागि मतदानको कार्यक्रम तय भएको थियो । तर स्ववियु निर्वाचन समितिले सूचना निकालेर चुनावको कार्यक्रम स्थगित भएको जनाएको छ ।
केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनावको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेकोमा मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागि पेशी तोकिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।
त्रिविका ६२ वटा आङ्गिक क्याम्पसमध्ये २१ वटामा चुनाव स्थगित भएको छ । अस्ति आङ्गिक र सम्बन्धन प्राप्त गरी तीन सय वटाभन्दा धेरै क्याम्पसमा चुनाव भएको थियो । अहिले नतिजा आउने क्रम चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।