८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
चीनले क्यानडाका चार जना नागरिकलाई मृत्युदण्ड दिएको छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग दुई देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको पनि बताउनुभएको छ । यस्तै क्यानडामा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका नागरिकविरुद्ध अपराधको मजबुद प्रमाण रहेकाले गैरजिम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गर्नुभएको छ ।
बीबीसीका अनुसार उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको हो । चीनमा लागूऔषध र भ्रष्टाचार मुद्दामा मृत्युदण्ड दिने दर उच्च छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।