कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिश

 चैत ७, २०८१ बिहीबार १५:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ । बैठकले प्रदेश प्रमुखसमक्ष चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रदेश सरकारबाट पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा एक अर्ब १० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया