८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
बाजुरा – जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प पीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम एक हजार चार सय ७३ जना भूकम्प पीडितलाई प्रदान गर्नेगरी पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो ।
बाजुराका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्याङ्क अद्यावधिक नभएकाले पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार त्रिवेणी नगरपालिकाका लागि २८ लाख २५ हजार, बुढीगङ्गा गाउँपालिकाका लागि ८६ लाख र बुढीनन्दा नगरपालिकाका लागि १३ लाख ५० हजार रुपैयाँ आएकाे छ । त्यस्तै गौमूल गाउँपालिकाका लागि १३ लाख ७५ हजार, खप्तड छेडेदह गाउँपालिकाका लागि दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकाका लागि दुई लाख २५ हजार रुपैयाँ गरी कुल तीन करोड ६८ लाख २५ हजार रुपैयाँ जिल्लामा आएको छ ।
यसैबीच बाजुरामा मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको र प्रभावित ठाउँमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।