८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
कैलाली – ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण : पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट शुरू भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको गोदावरी नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तेघरी ब्यारेकमा आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभयो ।
प्रधानसेनापति सिग्देलले सैनिक नेतृत्व सम्हाल्नु भएपछि पहिलो पटक सुदूरपश्चिम पृतनाबाट भूपू सम्मलेनल शुरू भएको हो । सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने दुई हजार नौ सय २५ भूपू सैनिक सहभागी छन् ।
आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकैसाथ सम्मेलन शुरू भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । सुदूरपश्चिमका सात पहाडी जिल्लामा भएको सम्मेलनमा नौ सय आठ भूपू सैनिकको सहभागिता छ ।
वि.सं. २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने चलने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।