इजरायलले हवाई आक्रमणपछि स्थलगत कारबाही थाल्यो

 चैत ७, २०८१ बिहीबार १२:५३:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गाजामा स्थलगत कारबाही तीव्र पारेको छ । हवाई आक्रमणपछि इजरायली सेनाले फेरि प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गर्दै गाजामा स्थलगत कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली हवाई आक्रमणमा ४ सय ३० जनाभन्दा धेरैको ज्यान गएको बताएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले देइर अल–बालाहमा रहेको आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको ज्यान गएको बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान शुरू गरिने बताए पनि इजरायलले भने घटनाको जिम्मेवारी लिएको छैन ।

गाजामा हुन थालेका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको सङ्केत गरेको छ ।

हिजो इजरायले हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई फिर्ता गर्न अन्तिम चेतावनी दिएको थियो ।

हमासले भने इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भन्दै बन्धक रिहाइ अनिश्चित भएको बताउँदै आएको छ । मध्यस्तकर्ताहरूले पहल गरिरहेका दोस्रो चरणको युद्ध विराम पनि अन्योल भएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया