एसईई शुरू, आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा

 चैत ७, २०८१ बिहीबार ९:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

वीरगञ्जकाे त्रिजुद्र महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय बिर्तामा एसईईमा सहभागी हुँदै विद्यार्थी । यस केन्द्रबाट चार सय २७ विद्यार्थी परीक्षामा सहभागी  छन् । तस्वीर : हिमाल लम्साल /रासस

परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका-१८ मा रहेको श्री माध्यामिक विद्यालय रझेना केन्द्रमा एसईईमा सहभागी परीक्षार्थी । दाङमा ४७ केन्द्रमा १४ हजार दुई सय ८८ परीक्षार्थी सहभागी छन् । तस्वीर :कुलदीप न्यौपाने ररासस

परीक्षाको लागि देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

काठमाण्डौको तारकेश्वर नगरपालिका-१० मनमैजुको मानसिहं धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईई दिन आएका विद्यार्थीहरु । तस्वीर : हरिराम भेटुवाल / रासस

गएको वर्षको एसइईमा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी छन् ।  यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् ।

काठमाण्डौको तारकेश्वर नगरपालिका-१० मनमैजुको मानसिहं धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईई दिन आएका विद्यार्थीहरु । तस्वीर : हरिराम भेटुवाल / रासस

एसईई आजदेखि शुरू भएर १९ गतेसम्म चल्नेछ । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । 


 

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया