चीनसँगका १४ वटा नाका पुनः सञ्चालन गर्न ७ वर्षअघि नै हस्ताक्षर ...
चैत ७, २०८१ बिहिबार
काठमाण्डौ – १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।
भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी छनोट चैत १० देखि १२ (मार्च २३–२५, २०२५) सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । छनोटमा परेका सबै खेलाडीहरू चैत १० गते (मार्च २३) बिहान ८ बजे एन्फा कम्प्लेक्समा सम्पूर्ण फुटबल किटसहित रिपोर्ट गर्न अनुरोध गरिएको छ ।
नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन दिने छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी छान्ने तयारी गरेको छ । नेपाल यसअघि २०२३ को साफ च्याम्पियनशिपको उपविजेता बनेको थियो । यस पटक नेपाल उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।