'गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान' काे स्थापना

 असोज १७, २०७६ शुक्रबार १४:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ । 

एनआरएनएले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो । कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आबद्ध गराउने उद्देश्यका साथ ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ । यसैबीच एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाण्डौमा पाँच वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । 

‘एनआरएनए हेरिटेज वाकाथन’, ‘एनआरएनए स्पोर्टस् मीट’, ‘एनआरएनए फुटसल टुर्नामेण्ट’, ‘एनआरएनए गल्फ च्याम्पियनशिप’ र ‘एनआरएनए पेन्टिङ एक्जिबिशन’ आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । एनआरएनएको विश्व सम्मेलन आउँदो असोज २८ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया