जुवातास खेलिरहेका ११ जना पक्राउ:साढे दुई लाख रुपैयाँ बरामद

 असोज १७, २०७६ शुक्रबार १९:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

ललितपुर – ललितपुर महानगरपालिका–४ झम्सीखेलमा रहेको पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

बिहीबार राति विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी उनीहरुको साथबाट दुई लाख ६५ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया