प्रधानाध्यापकलाई कामकाज गर्न दिन परमादेश

 असोज १७, २०७६ शुक्रबार २०:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ - उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा रहेकाे लक्ष्मी माविका नवनियुक्त प्रअ नयनकुमार राईलाई विनाअवरोध कामकाज गर्न दिन विपक्षीलाई परमादेश जारी गरेको छ ।

प्रधान अध्यापक नियुक्तिको निर्णयलाई हस्तक्षेप गरेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेल र प्रधान अध्यापकले मुद्धा दर्ता गरपछि अदालतले आउँदाे कात्तिक ६ गतेसम्मका लागि नवनियुक्त प्रधान अध्यापक राईलाई शैक्षिक तथा प्रशासनिक कामकाज गर्न दिन तथा कुनै बाधा अवरोध नगर्न हलेसी तुवाचुङ नगरपालिकालाई उत्प्रेषण मिश्रित परमादेश दिएको हो । 

न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले दुवै पक्षको भनाइ बुझेर अन्तरिम आदेशको छलफल गर्नुपर्ने भएकाले कात्तिक ६ गते उपस्थित हुन पेशीको तारेख तोकेको र त्यस अवधिसम्मका लागि नवनियुक्त प्रधान अध्यापकलाई कामकाज गर्न दिन परमादेश जारी गरेको हो । अदालतले छलफल गरेर अर्को निर्णयको टुंगो नलोसम्मका लागि प्रधान अध्यापक नियुक्तिको निर्णय कार्यान्वयन नगर्न नगरपालिका र वडा कार्यालयले पठाएको पत्रलाई यथास्थितिमा राख्न भनेको छ ।

प्रधान अध्यापक नियुक्तिमा हस्तक्षेप गरेको भन्दै उनीहरुले नगरपालिकाको कार्यालय, मेयर इवन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर ढकाल, वडा कार्यालय बडहरे र वडाध्यक्ष किशोर बस्नेत विरुद्ध असोज ९ गते उत्प्रेरणा मिश्रित परमादेश शीर्षकको मुद्धा दर्ता गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया