लिभरपुलको अपराजित यात्रा कायमै, लेस्टर सिटी २-१ ले पराजित

 असोज १९, २०७६ आइतबार ६:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले यो सिजनमा आफ्नो अपराजित खेलको यात्रा आठ पुर्याएको छ । शनिबार भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराउँदै जारी लिगमा शतप्रतिशत जितको यात्रा कायमै राखेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडीयो माने र जेम्स मिल्नरले एक एक गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ४० औं मिनेटमा जेम्स मिल्नेरको पासमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पूरै खेलमा ६० प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले लेस्टरको पोस्टमा आधा दर्जन प्रहार गरेको थियो । तर उसका तीन ओटा प्रहार पोष्ट नजिकैबाट बाहिरिए भने तीन ओटा प्रहारलाई गोलकिपरले रोके ।

खेलको ८० औं मिनेटमा जेम्स माडिसनले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । तर अन्तिममा जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई शतप्रतिशत नतिजा दिलाए ।

यो जितले लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा पुर्याएको छ भने हारसँगै लेस्टरलाई दोस्रो स्थानमा उक्लने मौका गुमेको छ ।

शनिबार नै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई ५-१ ले हरायो । त्यस्तै एभर्टन बर्नलेसँग १-० ले पराजित भयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया