पहिलाे टेस्ट: भारतद्वारा दक्षिण अफ्रिका दुई सय तीन रनले पराजित

 असोज १९, २०७६ आइतबार १४:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट भारतले दुई सय तीन रनले जितेको छ । 

विशाखापट्नममा तीन सय ९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रनमा अल आउट भयाे । भारतले पहिलो पारीमा पाँच सय दुई रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पारीमा चार सय ३१ रन बनाएको थियो । ७१ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा ३२३ रन बनाएर पारी समाप्तिको घोषणा गरेपछि दक्षिण अफ्रिकाले ३९५ रनको लक्ष्य पाएको थियो । 

चौथो दिनको खेल सकिँदा ११ रनमा १ विकेट गुमाएको दक्षिण अफ्रिकाले बाँकी विकेट अन्तिम तथा पाँचौँ दिनमा गुमाउन पुग्यो । 

दक्षिण अफ्रिकाका डेन पाइटले ५६ रन बनाउँदा सेनुरन मुथुसामीले ४९ रन बनाए । एडेन मरकरमले ३९ रन बनाउँदा कागिसो राबडाले १८ रन जोड्नु बाहेक अरुको प्रदर्शन सम्झनलायक भएन । 

भारतका मोहम्मद शामीले ५ तथा रविन्द्र जडेजाले ४ विकेट लिँदा रविचन्द्रन आश्विनले एक विकेट हात पारे । जितसँगै भारतले तीन खेलकाे टेस्ट श्रृङ्खलामा १-० काे अग्रता बनाएकाे छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया