चिनियाँ राष्ट्रपति सी जिनपिङकाे स्वागतमा यस्ताे देखियाे काठमाण्डाै

 असोज २४, २०७६ शुक्रबार १९:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौलाई सजाइएकाे छ ।

त्रिभुवन विमानस्थलदेखि सोल्टी होटेलसम्मका सडक झकिझकाउ पारिएको छ । त्यस्तै राष्ट्रपति भवन शीतल निवाससम्मको सडक पनि चिल्लो पारिएको छ ।

भ्रमणलाई लक्षित गरेर काठमाण्डौका झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको छ ।

दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता तथा संस्कृति झल्कने तस्बिर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । 

ठाउँठाउमा स्वागतद्वार बनाइएको छ ।  विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया