प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

 असोज २६, २०७६ आइतबार १२:१४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्म कोठा (बिरामीलाई सेक्ने कोठा) मा आगलागी भएको छ । 

ग्यास सिलिण्डरमा आगलागी हुँदा कोठामा आगो सल्किएपछि एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कोठामा रहेको दुई ओटा दराजमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

शनिबार राति भएको आगलागी दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया