दाङमा बस दुर्घटना : एक जनाकाे ज्यान गयाे, १२ घाइते

 मंसिर १०, २०७६ मंगलबार १७:५७:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा मंगलबार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । बसका चालकसहित अन्य १२ यात्रु घाइते भएका छन् । 

दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरको यात्रुवाहक बस घोराही-प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा एक महिलाको ज्यान गएको छ । उनको परिचय खुलेको छैन । घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया