दाङको पछिल्लो मतपरिणाम : नेकपाको अग्रता कायमै

 मंसिर १५, २०७६ आइतबार १७:९:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेशसभा अन्तर्गत दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाले आफ्नो अग्रता कायमै राखेको छ ।

१५ हजार ५ सय ७१ मत गणना हुँदा नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली) ले ८ हजार ८ सय ९६ मत ल्याउनुभएको छ । कांग्रेसका उम्मेदवार केशवराज शर्माले ६ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ ।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो ।

अन्तिम अपडेट: चैत २२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया