घोराहीमा इतिहास झल्काउन घोडाको प्रतिमा : मुख्यमन्त्रीद्वारा अनावरण

 फागुन १०, २०७६ शनिबार १०:५०:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ ।

उपमहानगरले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका  प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो ।

नशला ह्याण्डिक्राप्ट काठमाण्डौले घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो ।

शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको प्रतिमा अनावरण गर्नुभएको छ । अनावरण कार्यक्रममा संघीय सांसद सुजिता शाक्य, शान्ता चौधरी, प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भटराई, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

घोराहीको इतिहास घोडासँग जोडिएको र त्यसैको चिनारीका लागि बजारमै घोडाको प्रतिमा राखिएको नगर प्रमुख चौधरीले बताउनुभयो । घोडाहरु पालन गर्ने क्षेत्र बिस्तारै बस्ती विकाससँगै शहरीकरण हुँदै गर्दा घोराही नामाकरण भएको जानकारहरुको भनाइ छ ।

यसैविच तुलसीपुर चोक भनिदै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको उपमहानगरले जनाएको छ ।।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Bom Bahadur DC

    Feb. 22, 2020, 2:02 p.m.

    घाेराहिकाे नामांकित इतिहास संग जाेडेर घाेडाकाे प्रतिमा स्थापित गर्नु स्वाभाविक छ। कुनै समय दाङमा घाेडा ढुवानीकाे तथा यातायातकाे मुख्य साधन रहेकाे र घाेराहि घाेरा ( घाेडा ) वस्ने ठाँँउ रहेकाे एवं जुम्ला देखि नै दाङ घाेडाकाे मु्ख्य व्यापारिक स्थलाेकाे रुपमा रहेकाे इतिहास रहेकाेले पनि प्रतिमा राखिनु स्मरण याेग्य छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया