सहयोगीलाई कुटपिट गर्ने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

 फागुन २३, २०७६ शुक्रबार १८:४२:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिका ४ का अध्यक्ष भिमबहादुर सार्कीविरुद्ध कार्यालय सहयोगलाई कुटपिट गरेको आरोपमा मुद्दा दायर भएको छ ।

वडा अध्यक्ष सार्कीले आफूलाई कार्यालयमा कुटपिट गरेको भन्दै सहयाेगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको हो । 

चौधरी वडा कार्यालयका स्थायी कर्मचारी हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता नम्बर ४०४९ मा दर्ता भएकाे निवेदनमा वडा अध्यक्ष सार्कीले चाैधरीलाई तथानाम गाली गलौज गरी विनाकारण बारम्बार तर्साउने गरेकाे उल्लेख छ । 

चौधरीले यसअघि पनि वडा अध्यक्षले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताउँदै आउनु भएकाे थियाे । वडा अध्यक्ष सार्कीले आवेगमा घटना भएको भन्दै प्रहरी कार्यालयमा उजुरीमाथि छलफल भैरहेको बताउनुभयो । 

उहाँले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षलाई खबर गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि घटना भएकाे स्वीकार्नु भएकाे छ ।  घटनबारे छलफलका लागि जिल्ला प्रहरी कार्यालय दाङले सोमबार दुबै पक्षलाई बोलाएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया