बुटवलमा 'लकडाउन' उलङ्घन गर्ने २ जना पक्राउ

 चैत ११, २०७६ मंगलबार १४:३३:१० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही–बुटवलमा ‘लकडाउन’ उलङ्घन गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलको अनुसार राजमार्ग चौराहाबाट हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई ‘लकडाउन’ उलङ्घन गरेर सडकमा होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भटराईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया