कोरोना संक्रमण भएका व्यक्तिसँग विमानमा आएकी दाङकी युवती आइसोलेशनमा

 चैत १२, २०७६ बुधबार १९:३३:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - गएको चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङ तुलसीपुरकी एक युवतीलाई प्रहरीले खोजेर अस्पताल पुर्याएको छ ।

बुधवार उनको खोजी गरेर प्रहरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसनमा पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जानकारी दिनुभयो 

उहाँले सुरुमा दुई जना दाङका महिला त्यस विमानमा सँगै यात्रा गरेर आएको भन्ने जानकारी आएको हुँदा दिनभर खोजी गरेपछित्यो झुटो भएको पुष्टि भएको बताउनु भयो । ‘प्रहरीले दिनभर अर्की महिलालाई खोज्न दुःख गर्यो, तर कतै फेला पार्न सकेन,’ प्रजिअ रिजालले भन्नुभयो अन्त्यमा ती महिला दाङको नभएको प्रमाणित भयो।’

तुलसीपुरमस रहेको राप्ती प्रादेशिक अस्पतालका सुपरिन्टेन्डेन्ट डा सर्वेश शर्माले ती युवतीलाई आइसोलेसनमा राखिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो,  भोलि नै ती युवतीको स्याम्पल लिन बुटवलबाट टोली तुलसीपुर आउने भन्ने सल्लाह भएको छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया