आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग टेलिफोन वार्ता गर्नुभएको छ ।
विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च समूह–२० को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा धन्यवाद दिनुभयो ।
सङ्कटको घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जवाफमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वस्त पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।