प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – तिलोत्तमा नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बिक्री नभए आफैले बेचिदिने भएको छ ।
नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा एक सय ३६ मेट्रिक टन गहुँको बिउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । अनुदानमा उन्नत बिउ पाएसँगै नगरपालिकामा गहुँ खेती बढेको कृषि शाखाले जनाएरको छ ।
यो वर्ष नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको शाखाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले समेत निर्माण भइरहेको आफ्नो प्रमुख प्रशासनिक कार्यालय परिसरमा झण्डै तीन बिगाहा खेतमा गहुँ खेती गरेको छ ।
नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।