छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - लकडाउनका कारण दाङका इँटा उद्योगहरु बन्द भएपछि ७ हजारभन्दा बढी भारतीय श्रमिकहरु अलपत्र परेका छ्न ।
दाङमा रहेका झन्डै ३६ वटा इँटा उद्योगमा कार्यरत श्रमिकहरु लकडाउनको समयमा नेपाल-भारत सीमा बन्द भएपछि अलपत्र परेका हुन् । आफूहरुलाई खान बस्न समस्या भएको भन्दै उनीहरुले भारत फर्कने वातावरण मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
‘उद्योग बन्द भएपछि हामीलाई खान बस्न समस्या भएको छ । यो अवस्थामा हामी घर फर्कन चाहन्छौँ’, घोराही १० नारायणपुरमा रहेको मनकामना इँट्टा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भन्नुभयो ।
चौहानले आफू घर जान चाहेको भन्दै भारतीय क्वरेन्टीनमा बस्न तयार रहेको बताउनु भयो ।
अर्का श्रमिक सुनिता चौहानले लामो समयदेखि नियमित काम नहुँदा पारिश्रमिक समेत नपाएको गुनासो गर्नुभयो । साँझ बिहान खानलाई समस्या भएको बताउँदै उनीहरु लकडाउन लम्बिदै जाँदा बढी चिन्तित देखिएका छन् ।
इँटा उद्योगका सञ्चालक रोम वलीले भने ठूलो सङ्ख्यामा रहेका मजदुरहरुलाई पाल्न समस्या भएको बताउनु भयो । उहाँले उनीहरुलाई वातावरण मिलाएर घरसम्म पठाउनुपर्ने बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले इँटा उद्योगमा कार्यरत श्रमिकहरुलाइ घर फर्काउने सवालमा दुई देशबीच कुटनीतिक पहल हुनुपर्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।