मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा ...
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - दाङ देउखुरीमा लगाइएको मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप बढेको छ ।
फागुन १५ पछि लगाइएको मकैमा फौजी किरा बढी देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अहिलेसम्म तीनसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा फैलिसकेको छ ।
केही दिनअघि थोरै क्षेत्रमा देखिएको फौजी किरा गढवा गाउँपालिकाको झन्डै ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फैलिएको किसानहरु बताउँछन् । भर्खरै उम्रँदै गरेका मकैमासमेत यो किरा देखिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यालयको निर्देशन अनुसार विषादी छर्के पनि अन्यत्र फैलने क्रम नरोकिएको किसानहरु बताउँछन् । फौजी किराको प्रकोप बढेपछि गोडमेलका लागि तयार भएको मकै गोडमेल गर्नै छाडेको किसानहरुको भनाइ छ ।
घोराही उपमहानगरपालिकामा देखिएको फौजी किरा विषादी हालेर नियन्त्रणमा ल्याइएको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । जिल्लाकै शान्तिनगर गाउँपालिकाका किसानले पनि फौजी किरा देखिएको कृषि ज्ञानकेन्द्रलाई जानकारी गराएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रका किसानले करिब ३ सय हेक्टर जमिनमा लगाएको मकैमा अमेरिकी फौजी किरा देखिएकाले नियन्त्रणका लागिा काम भैरहेको कृषि ज्ञानकेन्द्र दाङका प्रमुख शन्देस धितालले बताउनु भयो ।
किरा प्रकोपको रुपमा फैलन थाले पछि जिल्लामा मिचाहा फौजी किरा नियन्त्रण टास्क फोर्स नै गठन गरेर काम भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।