काेराेना पुष्टि भएपछि रुपन्देहीको क्रिमसन अस्पताल सिल

 जेठ ५, २०७७ सोमबार १७:१३:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – गुल्मीमा साेमबार पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

गएकाे जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया