यूएईमा रहेका नेपालीलाई नआत्तिन दूतावासको आग्रह

 जेठ २२, २०७७ बिहिबार १२:४८:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । 

नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै दूतावासले उडानको मिति र तालिका प्राप्त हुनासाथ जानकारी गराउने जनाएको छ ।

यस्तै नेपाल फर्कनुअघि कोभिड १९ को परीक्षण गर्नको लागि यूएई सरकारसँग समन्वय गरी मिति, स्थान र समयका बारेमा पनि जानकारी गराइने दूतावासले जनाएकोे छ ।

विभिन्न खालको भिसाको म्याद सकिएको विषयमा चिन्ता नलिन पनि दूतावासले अनुरोध गरेको छ । यूएई सरकारले मार्च १ पछि समाप्त भएका भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने निर्णय गरिसकेको छ । मार्च १ अघि भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ देखि लागू हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सबै जरिवाना छुट गर्ने भएकाले भिसाको विषयमा चिन्ता नलिन दूतावासको आग्रह छ ।

यस्तै दूतावासले वेबसाइटमा फारम पेश गरिसकेपछि  स्क्रिनमा देखाएको धन्यवाद र गोपनीयता सम्बन्धी सन्देश नै फारम पेश भएको कन्फर्मेशन भएकाले एकपटक फारम भरेपछि ढुक्क भएर बस्न पनि आग्रह गरेको छ ।

दूतावासले इमेल र टेलिफोनको चाप बढी भएकाले कतिपय अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको भन्दै आफ्नो समस्या अनुसार सम्पर्क गर्न फरक–फरक सम्पर्क नम्बर तोकेको छ ।

गर्भवती, कोभिड बाहेकका बिरामी, आफन्त गुमाएकाहरु, विद्यार्थी तथा इन्टर्नसिप गरिरहेकाहरुले रीता धिताललाई ०५०८१८०२८० नम्बरमा सम्पर्क गर्न सकिने छ ।

यस्तै व्यक्तिगत तथा कम्पनी भिसा र भिजिट भिसाको समस्या भएकाले निर्मला थापा र मोतिराम भुसाललाई ०५४५०५३२५० मा सम्पर्क गर्न सकिनेछ । पासपोर्ट र प्रमाणीकरणको लागि नारायण ज्ञवालीलाई ०५८९०९५४०४ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । आफ्ना समस्या इमेल [email protected] मा पनि पठाउन सकिनेछ ।

हवाइ उडान सञ्चालन नहुँदासम्मका लागि गैरआवासीय नेपाली संघ र नेपाली समाजसँगको सहकार्यमा राहत वितरण कार्यलाई निरन्तरता दिइने पनि दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: फागुन २९, २०८०

12 Comments

  • गोविन्द थारू चौधरी

    Aug. 24, 2020, 9:20 p.m.

    सर नमस्ते सर हामी दुबई काे sharjah industry.4 Emirates cab LLC Taxi Driver मा 8 जाना छाम 8 महीना भयो सर हाम्राे केही सुनवाई भा छैन हामी नेपाल फर्किन चाहिरहेको कोरोना ना आउन पहिलै देखी पर्षेश गर्दै आई रहेको अझै हाम्राे पर्शेश चली रहेछ सर तारा हाम्राे कुरा कोई सुन्ने छैनन् हामीलाई कतै बाटा हेल्प मिले छैन सर खाना बस्न धेरै अफ्ठेरो भैराछ हामी हरुको माग नेपाल दुतबास नेपाल फर्काइदिन अनुरोध छ। नाम: गोविन्द थारू चौधरी मोबाईल नं:0562462556

  •  0 Reply
  • Roshan Pandey

    June 11, 2020, 1:10 a.m.

    हाल म अहिले Unpaid Leave बेतलबी रूम मै बसि रहेको छु मैले काम छोडेर बसेको आज ४0/४५ दिन जति भयो Malai बाथ रोग छ, हात खुत्ता हरु दुख्ने साथै अल्लेरजि पनि छ कहिले काहीँ सास फेर्नु गर्ही हुने (चिसो को कारन ) यो सम्सया मेरो पहिले देखि पुरानो हो र मैले medicine हरु पनि खादै छु अहिल्रे पनि म सअङ medicine साथ मै छ येस्पली Nepal गयेर उपचर गर्नु पर्ने भएकालेे मलाई पनि पहिलो प्राथमिकता मा राखी दिनु भये हजुर हरु लाई भित्र देखि आभारी मान्ने थिये (मैले (embassy ) मा आयेर नाम पनि लेखायेर गयेको छु ra फोर्म भरेर Contact नम्बर : 055 230 1305 Please update soon 🙏 kahile Nepal farkinu payeila

  •  0 Reply
  • mahendra tamang

    June 9, 2020, 8:45 p.m.

    नमस्कार ...म अबुधावी मुस्ताफामा बस्छु / मेरो कम्पनीको नाम रोयल स्टीम कार वास हो ...समस्या ३ महिना देखि कम्पनी बन्द भयो ..तलव पनि दिएन / खान बस्न नाम मात्रामाअको छ ...टीन महिना भयो रुममा बसेको पनि ...एकपल्ट पनि कोरोना जांच गरेको छैन / यहाँ बसेर मर्नुभन्दा म आफ्नै नेपाल घर जान्छु , मेरो नम्वर 0567222018 धन्यवाद /

  •  0 Reply
  • Dinesh tamang

    June 6, 2020, 12:45 a.m.

    Hi my name is Dinesh I came in UAE November 2019 on visit visa so until now I do not have any jobs and I finished all the money what I brought from back home so now I am in very very critical situation which gives me very very bad life time experiences and it’s very hard for me to manage room food everything that,now I don’t have money and even I borrowed money from my relatives even now they are also in very tough time because they are not getting paid as before because of this covid19 disaster so please please let me go home I will manage my ticket myself and qurentine back home too Please please hope you and your team understand my this critical crisis which I am facing please let me know on following details below Thank you Dinesh 0507960987

  •  0 Reply
  • Gunaraj shrestha

    June 5, 2020, 6:22 p.m.

    मेरो भीसा जनवरी २०२१ सम्म छ , तर समस्या भएकोले क्यान्सील लेटर दिएको छु / कति दिन सम्म क्यान्सिल भयो भने जान सकिन्छ ? काम महिनामा १५ दिनको रोटेसनमा छ / चाँडो घर जान चाहन्छु, अनलाइन फर्म पनि भरेको छु / चाँडो घर जान के गर्नुपर्छ ??

  •  0 Reply
  • Dadhiram karki

    June 5, 2020, 2:18 a.m.

    मँ जनबरी 22 तरिख देखि यहाँ रहदै आएकोछु भिजिट भिसामा आएको थिये र घर फर्किन नपाइरहेकोले मँ अहिले दुखित अबस्थामा छु मलाइ यहाँ खान बस्नको लागि एकदमै समस्या भैरहेकोछ । दुई चार दिनत सडकमा पनि सुत्नु पर्यो ।यसकराण मलाइ जसरी भएपनी आफ्नो देश फर्काउनुहुन अनुरोध गर्दछु ।

  •  0 Reply
  • माधब शर्मा

    June 5, 2020, 12:13 a.m.

    म मिर्गिको वा (epilepsy in critical condition)जटिल मोडमा छु म बिरामि भएको २ महिना हुन लागि सक्यो म तत्काल नेपाल गएर तुरुन्त अप्रेसनको लागि तत्काल उचित अस्पतालमा जानु पर्नेछ नत्त्र जे पनीहुन सक्छ त्यसैले किर्पया पराथमिक्तामा पर्न पाउ

  •  0 Reply
  • Govind Tharu Chaudhary

    June 4, 2020, 7:57 p.m.

    खान बस्नको लागि धौ धौ छ, ४ महिना भयो अहिलेसम्म केही छैन / घर जान मिलाई दिन अनुरोध छ /

  •  0 Reply
  • mahendra tamang

    June 4, 2020, 7:19 p.m.

    मेरो चाहि मार्च २५ तारिख देखि कम्पनी बन्द भएको छ , सेलरी पनि दिएन, त्यतिकै रुममा राखेको छ / घर जान्छु सर...मिल्छ मिल्दैन भनिदिनु पर्यो ...बिजोग भयो ..रोगले होइन, भोकले मार्ला जस्तो छ /

  •  0 Reply
  • Rajan Kunwar

    June 4, 2020, 4:11 p.m.

    I already Resign , i have no job difficult for food help me Quickly .i want to back to Nepal .

  •  0 Reply
  • Bishnu chai

    June 4, 2020, 2:45 p.m.

    मेरो भीसा फेब्रुअरी २७ तारिख सम्म छ , मसंग खानको लागि पैसा छैन /कम्पनीले दिंदैन ...आफुसंग जति पैसा थियो, त्यो पनि खत्तम भयो ..मा कहिले घर जान पाउँछु / छिटो भन्दा छिटो उद्दार गर्नुस् /

  •  0 Reply
  • Thakur sunuwar

    June 4, 2020, 2:12 p.m.

    म बिरामी भएर घर जानु भनी टिकेट गरेर बसेको थिएँ मेरो मार्च 21 तारिको फलाईट थियो 20 तारिक बाट बन्द भयो मैले आफै टिकेट गरेको हो म जानु पाउँछु पाउँदिन मेरो आफैं टीकट हो किर्पाया भन्दिनु होला सर

  •  0 Reply

तपाईको प्रतिक्रिया