माैसम : आर्द्रता बढी हुँदा धेरै गर्मी महसुस

 जेठ ३१, २०७७ शनिबार ८:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनयता गर्मी बढेको छ । तापक्रम नबढे पनि सापेक्षित आर्द्रता बढी हुँदा धेरै गर्मी महसुस भएको मौसमविद् प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावामा जलवाष्पको मात्रा धेरै हुँदा शरीरले धेरै तातो महसुस गर्छ । यसकै कारण बादल लागे पनि गर्मी महसुस भएको हो ।

अहिले देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको छ । स्थानीय वायु, पश्चिमी वायु, पश्चिम नजिक रहेको न्यूनचापीय क्षेत्रसँगै पूर्व–पश्चिम बनेको न्युनचापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसकै प्रभावले केहीबेरमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् राजु प्रधानाङगले आग्रह गर्नुभएको छ । आज देशभरीकै मौसम सामान्यतया बदली भई केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया