देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 जेठ ३२, २०७७ आइतबार ७:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् ।

अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली  र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको  छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ ।

यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र बाढीको बारेमा जानकारी लिन टोल फ्रि नम्बरमा ११ ५५ फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया