माैसम : आज र भाेलि झरी पर्ने

 असार २, २०७७ मंगलबार ७:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भाेलि झरी पर्ने माैसमविदले जनाएका छन् । 

विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । 

एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने उहाँको भनाइ छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् मानन्धरको आग्रह छ । 

अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया