देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक-दुई दिन लाग्ने : यस्तो छ देशभरको मौसमी अवस्था

 असार ३, २०७७ बुधबार ७:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक-दुई दिन लाग्ने भएको छ । 

गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले सुदूरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ । देशभर मौसम सामान्य बदलीको अवस्थामा छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

अहिले मध्य र पूर्वमा मौसम बदली भएको छ । त्यस्तै ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिममा सामान्य बदलीको अवस्था छ । आज दिउँसोपख प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । 

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र प्रदेश प्रदेश नम्बर ५ का केही ठाउँमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा पूर्ण बदली हुनेछ । 

मनसुनी प्रणाली सक्रिय भएसँगै पश्चिमी वायुको प्रभाव कम हुँदै जानेछ । यसपाला मनसुनी गतिविधि निकै सक्रिय रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेको महाशाखाका मौसमविद् अर्यालले बताउनुभयो । यसपाला प्रि-मनसुन पनि सक्रिय रहेको थियो ।

अन्तिम अपडेट: असोज २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया