सुुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय

उच्चचापीय क्षेत्रको प्रभावले मनसुन कर्णालीबाट अगाडि बढ्न सकेन

 असार ४, २०७७ बिहीबार ८:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको छ । 

गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । मनसुन सुदूरपश्चिमतर्फ सर्ने क्रममा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभाव देखिएकाले कर्णालीबाट मनसुन अगाडि बढ्न नसकेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

आज प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ । त्यस्तै प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । अहिले काठमाण्डौ उपत्यका सहित प्रदेश १ र ५ का केही ठाउँमा हल्का पानी परेको छ । 

आज दिउँसोपख प्रदेश २, वाग्मती, गण्डकी, र कर्णालीमा सामान्य बदली रहने र बाँकी प्रदेशमा पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shyam Thapa

    June 18, 2020, 10:20 a.m.

    absolutely wrong information.

  •  0 Reply

तपाईको प्रतिक्रिया