पूर्वबाट नेपाल भित्रिएको मनसुन एक हप्तामा सुदूरपश्चिम पुग्यो, प्रदेशभर फैलिन अझै १/२ दिन लाग्ने

 असार ५, २०७७ शुक्रबार ८:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – गएकाे शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेकाे मनसुन एक हप्तापछि सुदूरपश्चिम प्रदेश पुगेकाे छ । अहिले  सुदूरपश्चिमका केही भूभाग बाहेक देशभर मनसुन सक्रिय रहेकाे छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा मनसुन फैलिन अझै एक/दुई दिन लाग्नेछ । माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्रको प्रभावले कर्णाली क्षेत्रबाट मनसुन अगाडि बढ्न सकेको थिएन । उच्च चापीय क्षेत्रको प्रभाव कम हुँदै गएपछि मनसुन सुदूरपश्चिमतर्फ सर्दै गएको हो ।

दुई दिन ढिलो गरी गएको जुन १२ अर्थात् जेठ ३० गते मनसुन नेपाल भित्रिएको थियो । आज देशभर मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का पानी पर्नेछ । आज राति पनि मौसम देशभर नै पूर्णरुपमा बदली रहनेछ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाेले नदीमा पानीको बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कोशी, कमला, वाग्मती, नारायणीलगायतका नदी र शाखा नदीमा बहाब तुलनात्मक रुपमा बढ्ने भएकाेले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया