केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार १४, २०७७ आइतबार ७:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार आज देशभर नै सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । 

यी क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् । 

आज राति प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया