काठमाण्डौ उपत्यकामा घाम लाग्यो, राति फेरि पानी पर्ने, तनहुँको स्याम्घामा अहिलेसम्मकै धेरै वर्षा

 असार २९, २०७७ सोमबार १८:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाकासहित आसपासका क्षेत्रमा सोमबार घाम लागेको छ । मङ्गलबार र बुधबार पनि मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा केही तल सरेकाले मौसम खुलेको हो । 

तर मनसुन सक्रिय रहेकोले राति भने उपत्यकासहित केही ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।  वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित प्रदेश १ र २ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । 

केही ठाउँमा ठूलो वर्षाको अनुमान रहेकोले बाढी पहिरोको जोखिम रहने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । विशेष गरी रातको समयमा ठूलो वर्षाको अनुमान भएकोले चनाखो हुन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार सोमबार पश्चिमी क्षेत्रमा भने ठूलो वर्षाको सम्भावना छैन ।

यसैबीच तनहुँको स्याम्घा केन्द्रमा अहिलेसम्मकै धेरै वर्षा भएको छ । वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार स्याम्घा केन्द्रमा अहिलेसम्मकै धेरै पानी परेको छ ।  सोमबार बिहान पौने ९ बजेको मापनअनुसार यो केन्द्रमा २७७ दशमलव ६ मिलिमिटर पानी परेको छ । 

यसअघि यो केन्द्रमा सन् २००७ मा २४२ दशमलव २ मिलिमिटर वर्षा मापन भएको थियो । सन् २००७ सालमा नै तनहुँको स्याम्घामा वर्षा मापनको लागि केन्द्र स्थापना भएको थियो । 

अधिक वर्षा भएकोले यो केन्द्र आसपासका क्षेत्रमा बाढी पहिरोको जोखिम हुन सक्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया