आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

 साउन ८, २०७७ बिहीबार ८:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । 

मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । पानी परे पनि नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाकाअनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको र अरु प्रदेशको मौसम सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार अहिले बदली भएको धेरै ठाउँको मौसम दिउँसोपछि खुल्नेछ । तर बेलुकातिर फेरि बदली भएर पानी पर्ने संभावना छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया