आज पानी कम परे पनि भोलि रातिदेखि फेरि मनसुन सक्रिय हुने

 साउन ११, २०७७ आइतबार ७:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज दिउँसो ठूलो पानी पर्ने संभावना नभए पनि हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । 

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

तर आज दिउँसोलाई भने ठूलो पानी वा लगातार वर्षाको संभावना कतै पनि नभएको उहाँले बताउनुभयो । उहाँकाअनुसार आज देशभरीकै मौसम सामान्य बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ। 

यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । भोलि रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यसैबीच प्रिमनसुनको समयदेखि नै पानी परिरहेकाले यो वर्ष पहिरोको जोखिम बढेकाले थप सतर्क हुनुपर्नेमा जोड दिएका छन् । लगातार पानी पर्दा जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएकाले पहिले गएका पहिरो सक्रिय हुनसक्ने र जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि पहिरो खस्न सक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने भू-गर्वविद् शिव बाँस्कोटाले बताउनुभयो । 

यसपटकको मनसुन सक्रिय भएपछि औसतभन्दा निकै धेरै पानी परिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया