कतै ठूलो पानी पर्ने र कतै नपर्ने गर्दा बाढी पहिरोको जोखिम झन् धेरै

 साउन १५, २०७७ बिहीबार ७:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता पानी पर्ने तरिका फेरिँदै गएको मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय भएकाले अस्तिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर कतै नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने क्रम बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको पाइएको उहाँले बताउनुभयो । पानी पर्ने तरिका फेरिँदा बाढी, पहिरोको जोखिम झनै बढेको उहाँको भनाई छ ।

नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले बताउनुभयो ।

आज प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।

पानी परेसँगै नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया