कोरोनाका कारण कपिलवस्तुका एकको ज्यान गयो, ज्यान गुमाएका अर्काको रिपोर्ट आउन बाँकी

 साउन २८, २०७७ बुधबार ९:५१:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

कपिलवस्तु  - बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको ज्यान गएको छ ।

उपचारका लागि आइसोलेशनमा भर्ना भएका कपिलवस्तु-२ तौलिहवाका ४२ वर्षीय र कृष्णनगरका २५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति ज्यान  गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । 

४२ वर्षीय पुरुष साउन २३ गते र २५ वर्षीय  पुरुष  गएको आइतबार आइसोलेशनमा भर्ना हुनुभएको थियो । मृतक ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । तर २५ वर्षीय पुरुषको भने स्वाब परीक्षणको रिपोर्ट आज बेलुकासम्म आउने अस्पतालले बताएको छ । दुवै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मृतकमध्ये २५ वर्षीय पुरुष केहीदिन अगाडि भारतको मुम्बईबाट नेपाल आएका थिए । ४२ वर्षीय पुरुषमा भने श्वासप्रश्वासको समस्या थियो । कोरोनाका कारण ज्यान गुमाएकाको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया